हिमालयनको ३० प्रतिशत बोनस सेयर, हकप्रद भर्नेले चाहिँ बोनस नपाउने

30 Nov,2016
  • himalayan_11_30_2016_11_24_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन बैंकले लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न १.५७८९ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । 
 
बैंकको प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउन सक्नेछ । ३० प्रतिशत बोनस सेयर दिएपछि बैंकलाई चुक्ता पुँजी पुर्याउने अभियानमा सजिलो हुनेछ । 
 
बैंकले अहिले प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयर पछिल्लो हकप्रद सेयर भर्नेले भने पाउनेछैनन् । हिमालयनले ७ बराबर एक कित्ताका दरले हकप्रद सेयर जारी गर्दैछ । यो हकप्रद भर्नेले चाहिँ ३० प्रतिशत बोनस सेयर नपाउने बैंकले प्रस्ट्याएको छ ।