हिमालयनको ३० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, पुस ६ देखि २२ गतेसम्म बुक क्लोज

20 Dec,2016
  • himalayan_12_20_2016_1_20_35.png
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन बैंकको ३० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । 
 
लगानीकर्ताले बैंकको ३० प्रतिशत बोनस पाउन मंगलबारसम्म सेयर खरिद गरिसकेको हुनुपर्नेछ । 
 
किन भने साधारण सभा गर्न बैंकले भोली बुधबारदेखि पुस २२ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्दैछ । 
 
बैंकले ३० प्रतिशत बोनस सेयर पारित गराउन पुस २२ मै साधारण सभा बोलाएको छ । 
 ३० प्रतिशत बोनस दिंदा बैंकको पुँजी अर्ब ३४ करोड ९७ लाख ४३ हजार पाँच सय रुपैयाँ थपिनेछ । 
 
बैंकले  बोनसमा लाग्ने कर तिर्न १.५७ प्रतिशत नगद लाभांश पनि दिंदैछ । यसका लागि ७ करोड १० लाख ३९ हजार एक सय ३२ रुपैयाँ खर्च गर्नेछ । 
 
हिमालयनले कात्तिक २६ गतेदेखि मंसिर ३० गतेसम्म ७ः१ को अनुपातमा प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यको ६४ लाख २७ हजार तीन सय ५० कित्ता हकप्रद सेयर पनि बिक्री गरिसकेको छ । 
 
चार अर्ब ९६ करोड ४३ लाख ५७ हजार रुपैयाँ  चुक्ता पुँजी रहेको हिमालयनले  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४३ करोड ८४ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
बोनसपछि हिमालयनको पुँजी भने ६ अर्ब ४४ करोड रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ भने दुई सय १७ रुपैयाँ ३३ पैसा छ ।