हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, ३० असार २०७३)

14 Jul,2016
  • HGI_LOGO_7_14_2016_1_22_20.png

कम्पनीको २०७२/७३ आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १५ दशमलव ६६ प्रतिशत बढेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभर सोल्ड जोन (२१ दशमलव ४२ स्केल)मा छ । विक्री चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन ४६ दशमलव ५८ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखाले सातदिने मूल्यरेखालाई तलबाट काटेर माथि गएको छ । यसले बजार बढ्ने सङ्केत गर्दछ । हालको मूल्य २१ दिने रेखा,  सातदिने रेखा र भने ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ४ सय २० मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. १ हजार ४ सय ८७ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को तेस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
- कम्पनीको तेस्रो त्रैमासमा खुद नाफा १५ दशमलव ६६ प्रतिशत बढेर रू. ७ करोड ३३ लाख पुगेको छ । आम्दानी १५ प्रतिशत र आय ७ दशमलव ९१ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- जगेडा कोष ५६ दशमलव १९ प्रतिशत बढेर रू. १५ करोड ३६ लाख र बीमा कोष ५३ दशमलव ८६ प्रतिशत बढेर रू. २३ करोड १ लाख पुगेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा उच्च दरले बढेर रू. ११ करोड ८० लाख पुगेको छ ।

- नाफा नोक्सान हिसाबमा आम्दानी १५ प्रतिशत बढेर रू. १२ करोड ७ लाख र व्यवस्था तथा खर्चहरू १४ दशमलव १६ प्रतिशत बढेर रू. ४ करोड ७३ लाख पुगेको छ ।

- आय ७ दशमलव ९१ प्रतिशत बढेर रू. ५१ करोड  ७० लाख पुगेको छ भने व्यय ८८ प्रतिशत घटेर रू. ४ करोड ६० लाखमा सीमित भएको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू १४ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू १६ दशमलव ५८  प्रतिशत बढेको छ ।

- कुल बीमाशुल्क आर्जन रकम २६ दशमलव ६७ प्रतिशत बढेर रू. ७९ करोड ६७ लाख पुगेको छ ।

- कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम ६ गुणा बढेर रू. २ अर्ब ५७ करोड र भुक्तानी हुन दाबी सङ्ख्या १४१ प्रतिशत बढेर १ हजार ७ सय ९५ पुगेको छ ।

- कम्पनीको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. २७ दशमलव ४९ र पीई रेशियो ३३ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको करीब ५२ गुणा छ ।