हिमालयन जनरल इन्सुरेन्सको २० प्रतिशत बोनस सेयर, कर तिर्न नगद लाभांश पनि पाइने

05 Dec,2016
  • hgi_12_5_2016_11_14_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन जनरल इन्सुरेन्सले २० प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ प्रतिशत नगद लाभांशसमेत दिने निर्णय गरेको हो । 
 
कम्पनीको निर्णय नियामक बिमा समिति र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वनमा आउनेछ । 
 
हिमालयन जनरल इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ९९ लाख ८३ हजार रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रूपैयाँ १७ पैसा हुँदा प्रतिसेयर नेटवर्थ २२९ रूपैयाँ २० पैसा छ ।
 
 चुक्ता पुँजी ३२ करोड १० लाख भएको हिमालयनको जगेडा कोषमा १३ करोड ९५ लाख ८३ हजार अनि बिमा कोषमा २७ करोड ५१ लाख ६० हजार रूपैयाँ रहेको छ ।