एचआइडिसीएलमा आइतवारबाट पहिलो कारोबार, मूल्य व्याण्ड १ सय ९ देखि ३ सय २८ रुपैयाँसम्म

06 Jul,2016
  • hidcl_7_6_2016_3_58_46.jpg

असार २२, काठमाडौं । जलविद्युत् लगानी तथा बिकास कम्पनी (एचआइडिसीएल)को आगामी साताको आइतवारबाट पहिलो कारोबार शुरु हुने भएको छ । पहिलो कारोबारको लागि नेप्सेले १ सय ९ देखी ३ सय २८ रुपैयाँसम्मको मूल्य व्याण्ड दिएको छ । नेप्सेले कम्पनीहरुलाई पहिलो कारोबारको लागि प्रति शेयर नेटवर्थको तीन गुणासम्म मूल्य व्याण्ड दिने चलन रहेको छ । हाल शेयरबजारमा रहेको जलविद्युत् कम्पनीहरुको शेयर रू. ४ सय २५ देखि रू. १ हजार ४ सय ३० सम्ममा कारोबार भइरहेको छ । जलविद्युत् लगानी तथा बिकास कम्पनीले लगानीकर्ताहरुलाई शेयर डिम्याट गर्न सूचना जारी गरिसकेको छ । (अभियान संवाददाता)