जलविद्युत् लगानी तथा विकास कम्पनी : कम्पनी विश्लेषण (शुक्रवार, ३१ भदौ २०७३)

16 Sep,2016
  • hidcl_9_16_2016_12_23_22.jpg


अघिल्लो आवको चौथो त्रैमासमा रू. २५ करोड ४० लाख नाफा आर्जन गरेको छ । लगानी साढे ३ गुणा बढेर रू. २९ करोड ७० लाख पुगेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम २ व्यापार दिनमा पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यसले विक्री चाप बढेको देखिन्छ ।

आरएसआई : न्युट्रल जोन (३४ दशमलव ८४ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ६ दशमलव ४० बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य  र ट्रेण्ड लाइन नजिकिएका छन् भने सातदिने रेखा र २१ दिने रेखा हालको मूल्यभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य महँगिएमा रू. ३ सय २४ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को तेस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
- कम्पनीको २०७२/७३ आवको अन्तिम त्रैमासमा खुद नाफा २५ प्रतिशत घटेर रू. २५ करोड ४० लाखमा सीमित भएको छ । खुद सञ्चालन आम्दानी ४ दशमलव ३१ प्रतिशत घट्नाले खुद नाफा घट्न पुगेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा ४ दशमलव २४ प्रतिशतबाट झरेर २ दशमलव ५४ प्रतिशतमा सीमित भएको छ ।

- जगेडा कोष २८ दशमलव ९१ प्रतिशत बढेर रू. ९९ करोड ८९ लाख पुगेको छ ।

- ब्याज आम्दानी ४ दशमलव २८ प्रतिशत घटेर रू. ५० करोड ७७ लाखमा सीमित भएको छ ।

- अन्य आय ३१ दशमलव १९ प्रतिशत बढेर रू. १ लाख ४३ हजार पुगेको छ ।

- खुद चालू सम्पत्ति २५ दशमलव ९९ प्रतिशत बढेर रू. ११ अर्ब २ करोड र खुद चालु दायित्वमा ६ गुणा बढेर रू. २ करोड ३४ लाख पुगेको छ ।

- कम्पनीको चौथो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो साढे १ सय ७० गुणा र प्रतिशेयर आम्दानी रू. २ दशमलव ५४ छ । सो आम्दानी र शेयरको पछिल्लो कारोबार मूल्यको आधारमा निकालेको पीई रेशियो १ सय २० गुणा छ । हालको शेयरमूल्य नेटवर्थको करीब ३ गुणा छ ।