जलविद्युत लगानी कम्पनीको साधारण सभा पुस २९ मा, आजदेखि बिहीबारसम्म बुक क्लोज

01 Jan,2017
  • HIDCL-image_1_1_2017_12_33_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : जलविद्युत लगानी तथा विकास कम्पनीको पुस १७ देखि पुस २१ सम्म सेयरधनी दर्ता किताब बन्द हुने भएको छ । कम्पनीले साधारण सभा गर्नका लागि आइतबारदेखि सेयरधनी दर्ता किताब बन्द गरेको हो । जलविद्युत कम्पनीले यही पुस २९ गते साधारण सभा बोलाएको छ । 
 
जलविद्युत लगानी कम्पनीको कुल सम्पति ११ अर्ब १५ करोड ७९ लाख रूपैयाँभन्दा धेरै छ । यसैगरी यो कम्पनीको सेयर पुँजी १० अर्ब रुपैयाँ छ । जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ४७ लाख २४ हजार दुई सय ६२ रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी चार रूपैयाँ १९ पैसा अनि प्रतिसेयर नेटवर्थ एक सय ११ रूपैयाँ ५८ पैसा छ ।