जलविद्युत लगानी तथा विकास कम्पनीको शेयर बाँडफाँट पत्र र रकम फिर्ता

22 Jan,2016
  • jalabidhut_1_22_2016_12_35_32.jpg
 
माघ ८, काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले जारी गरेको २ करोड कित्ता साधारण शेयर पुस २९ गते बाँडफाँट गरेको छ । कम्पनीले बाँडफाँट पत्र तथा बाँडफाँटमा नपरेको शेयर वापतको रकम फिर्ता माघ ८ गते देखि वितरण गर्ने भएको छ । कम्पनीको धित्तोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरीक लगानी कोष तथा सह निष्काशन तथा बिक्री प्रवन्धक एनसिएम मर्चेण्ट र एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।