आईएलएफसीओको शाखा थप

17 Jun,2016
  • new-branch_6_19_2016_1_10_49.jpg
असार २, काठमाडौं (अस) ।  नेपाल राष्ट्र बैङ्कबाट ‘घ’ वर्गको राष्ट्रिय स्तरमा कारोबार गर्न स्वीकृतप्राप्त आईएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाले बुधवार थप दुई स्थानमा शाखा सञ्चालन गरेको छ । संस्थाले  नुवाकोटको खड्गभञ्जाङ्ग र दाङको लक्ष्मीपुरमा शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यीसँगै संस्थाको शाखा सङ्ख्या १२ पुगेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख  छ । इण्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनीको सहायक कम्पनीका रूपमा रहेको संस्थाले आव २०७२/०७३ को वैशाख मसान्तसम्ममा ९ जिल्लाका ५ हजार ३ सय ४० घरपरिवारलाई लघुवित्त सेवामार्फत  ५५ करोड ४९ लाख ९ हजार रुपैयाँ ऋण लगानी गरेको बताएको छ ।