आईएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, १३ असार २०७३)

27 Jun,2016
  • ilfco_micro_6_27_2016_4_40_25.png


२०७२/७३ आवको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा करीब ३० प्रतिशत बढेको छ । गत आवमा रहेको रू. २३ लाख १३ हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभरबट जोन (७२ दशमलव ९५ स्केल)मा छ । खरीद चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन : ५४ दशमलव २० विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१  दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य सातदिने औसत मूल्य रेखाभन्दा तल छ भने ट्रेण्ड लाइनभन्दा माथि रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ७ सय २१ मा टेवा र मूल्य महँगिएमा रू. १ हजार ८ सय १९ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको तेस्रो त्रैमासमा नाफा खुद नाफा करीब ३० प्रतिशत बढेर रू. ३५ लाख ७ हजार पुगेको छ । गत आवमा रहेको रू. २३ लाख १३ हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा घटेर ३ दशमलव ५१ प्रतिशतमा सीमित भएको छ ।

- ब्याज आम्दानी ४० दशमलव ९२ प्रतिशत बढेर रू. २ करोड ११ लाख र ब्याज खर्च २८ दशमलव ९४ प्रतिशत बढेर रू. ४३ लाख ८ हजार पुगेको छ ।

- रू. ६९ लाख ८२ हजार कुल निक्षेप सङ्कलन गरी रू. १४ करोड १४ लाख कर्जा प्रवाह गरेको छ ।

- कर्मचारी खर्च ५३ दशमलव ५१ प्रतिशत र कुल सञ्चालन आम्दानी ४४ दशमलव ७८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च १३ दशमलव ९१ प्रतिशत घटेको छ ।

- बैङ्कको स्थिर सम्पत्ति ३३ प्रतिशत बढेको छ भने अन्य सम्पत्ति शून्य दशमलव ७८ प्रतिशत घटेकोे छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम २ गुणा बढाएर रू. ३२ लाख ६५ हजारमा सीमित भएको छ ।

- पूँजीकोष लागत ५ दशमलव ७६ प्रतिशत र पूँजीकोष पर्याप्तता ६६ प्रतिशत रहेको छ ।

- बैङ्कको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार तरलता अनुपात १७ गुणा, पीई रेशियो ३ सय ३६ गुणा र प्रतिशेयर आम्दानी रू. ३ दशमलव ५१ रहेको छ । हालको शेयरमूल्य नेटवर्थको साढे १६ गुणा रहेको छ ।