आइएलएफसीओको पाँच प्रतिशत बोनस, इन्नोभेटिभले पनि दिने भयो २१.७५ प्रतिशत बोनस सेयर

03 Oct,2016
  • bonus_1_10_3_2016_12_00_31.jpg
नेपाली पैसा 
काठमाडौं : आइएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्थाले लगानीकर्तालाई पाँच प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई पाँच प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । 
 
बोनसमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ । यसका लागि आइएलएफसीओले ०.२६ प्रतिशत नगद लाभांश दिनेछ । 
 
लाभांश दिने निर्णयलाई नियामक नेपाल राष्ट्र बैंक र साधारण सभाले भने अनुमोदन गर्न बाँकी छ । 
 
यसैगरी, इन्नोभेटिभ डेभलपमेन्ट बैंकले पनि लगानीकर्तालाई २१.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । 
 
बैंक सञ्चालक समितिको १४ गतेको बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २१.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । 
 
बोनसमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ । कर प्रयोजनका लागि इन्नोभेटिभले १.१४ प्रतिशत नगद लाभांश दिने भएको छ । 
 
लाभांशसम्बन्धी प्रस्ताव राष्ट्र बैंक र साधारण सभाबाट भने अनुमोदन गराउन बाँकी छ ।