ज्योति विकास बैंकको साधारण सभा पुस २८ मा, ११.७० प्रतिशत बोनस र एक सय प्रतिशत हकप्रद प्रस्ताव

18 Dec,2016
  • jyoti_12_18_2016_2_35_15.png
नेपाली पैसा 
 
काठमाडौं : ज्योति विकास बैंकको साधारण सभा पुस २८ मा हुने भएको छ । 
 
बैंकले साधारण सभामा ११.७० प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । ज्योतिले बोनस सेयर जारी भएपछि कायम हुने चुक्ता पुँजीमा एक सय प्रतिशत हकप्रद सेयर जारी गर्ने एजेन्डा पनि साधारण सभामा लैजानेछ । 
 
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुने साधारण सभामा ज्योतिले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज हुन तथा एक्वायर गर्ने अधिकार सञ्चालक समितिलाई अख्तियारी गर्ने प्रस्ताव पनि पास गराउनेछ ।  
 
चुक्ता पुँजी ९८ करोड ७० लाख २६ हजार रहेको ज्योतिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड ३५ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
ज्योतिको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६६ पैसा अनि प्रतिसेयर नेटवर्थ एक सय ३१ रुपैयाँ १२ पैसा छ ।