जेबिल्स फाइनान्सको खुद मुनाफा २८ लाख ७३ हजार

22 Nov,2015
  • jb_11_22_2015_11_27_20.jpg
मङ्सिर ६, काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको असोज मसान्तसम्ममा खुद मुनाफा रू.२८ लाख ७३ हजार पुगेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा १ सय ४८ प्रतिशत बढी हो । सञ्चालन मुनाफा १ सय ४९ प्रतिशत र खुद व्याज आम्दानी १ सय ८९ प्रतिशत बढेकाले नाफा बढ्न सफल भएको हो । कम्पनीको चालु आवमा निष्कृय कर्जा ४ दशलमव ५६ प्रतिशतमा सिमित राखेको छ । त्यसैगरी चालु आवमा खराब कर्जा ४ लाख ७१ हजार उठाउन कम्पनी सफल भएको छ ।