जानकी फाइनान्स : कम्पनी विश्लेषण (सोमवार, १३ वैशाख, २०७३)

25 Apr,2016
  • janakifin123_4_25_2016_4_12_27.jpg

जानकी फाइनान्स चैत मसान्तसम्ममा खुद नाफा रू. ३ करोड २ लाख रहेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पूँजी बढेर रू. ३१ करोड ७ लाख पुगेको हो ।

प्राविधिक विश्लेषण
   -आरएसआई ओभर सोल्ड जोन (२९ दशमलव ७६ स्केल)मा छ । विक्री चाप बढेकोे छ । स्ट्याण्डर्ड डेभिएशन ६ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।


   -मुभिङ एभरेज : अल्पकालीन सातदिने औसत मूल्यरेखा र २१ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य सातदिने मूल्य रेखा, ट्रेण्ड लाइन र २१ दिने रेखाभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ३ सय २६ मा टेवा र मूल्य महँगिएमा रू. ३ सय ३० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण

कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को तेस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
   -कम्पनीको तेस्रो त्रैमासमा खुद नाफा २९ दशमलव ९६ प्रतिशतले घटेर रू. ३ करोड २ लाख पुगेको छ । खुद ब्याज आम्दानी ५ दशमलव ७१ प्रतिशत घट्ेको छ । तराईबाट सञ्चालन भइरहेको यस कम्पनीलाई केही समय अगाडिसम्म त्यहाँ भइरहेको आन्दोलन र नाकाबन्दीको प्रभाव परेको छ । लगानी स्थिर रहनाले र ब्याज आम्दानी पनि नबढ्नाले खुद नाफा घटेको हो ।

   -ब्याज आम्दानी २ प्रतिशत घटेको छ भने ब्याज खर्च न्यून प्रतिशत बढेको छ ।
   -कर्मचारी खर्च २ प्रतिशत बढेको छ । त्यस्तै, अन्य सञ्चालन खर्च ११ दशमलव ४० प्रतिशत र कुल सञ्चालन आम्दानी ९ दशमलव ८३ प्रतिशत घटेको छ ।
   -स्थिर सम्पत्ति रू. १ करोड ७८ लाख र अन्य सम्पत्ति रू. २ करोड ५२ लाख रहेको छ ।
   -कम्पनीले रू. १ अर्ब ३६ करोड कुल निक्षेप सङ्कलन गरी रू. १ अर्ब १४ करोड कर्जा प्रवाह गरेको छ ।
   -गत आवमा रहेको रू. १ करोड ५ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।
   -कम्पनीको निष्क्रिय कर्जा ३ दशमलव ९७ प्रतिशत र सीडी रेशियो ६७ प्रतिशत छ ।
   -पूँजी कोष लागत ७ दशमलव ५१ प्रतिशत र पूँजी कोष पर्याप्तता ३२ प्रतिशत रहेको छ ।
   -बैङ्कको तेस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो ३३ गुणा र प्रतिशेयर आम्दानी रू. ९ दशमलव ७२ छ । हालको शेयरमूल्य नेटवर्थको २ गुणा रहेको छ ।