जानकी फाइनान्स : मैनबत्ती विश्लेषण

10 Jan,2016

गत साता ३ दिनमात्र कारोबार भएको जानकी फाइनान्सको शेयरमूल्यले अन्तिम दिन ग्रेभष्टोन डोजी आकृति निर्माण गरेको छ । यो आकृतिको शुरू र अन्तिम मूल्य बराबर रहेको छ । यसले ट्रेण्ड रिभर्सलको सङ्केत दिन्छ । आगामी दिनको पहिलो कारोबार यो आकृतिको शरीरभन्दा माथिबाट (३ सय ७८ रुपैयाँभन्दा धेरैबाट) भएमा मूल्य बढ्ने सम्भावना दरिलो देखिन्छ । लाभांश दर राम्रो रहँदै आएकाले पनि यस कम्पनीको मूल्य त्यति धेरै घटेको देखिँदैन ।