कैलाश विकास बैंकले २५ प्रतिशत बोनस प्रस्ताव गर्यो, अब कति पुग्छ चुक्ता पुँजी ?

16 Sep,2016
  • kailash-bikas-bank_9_16_2016_1_59_44.jpg
नेपाली पैसा 
काठमाडौं : कैलाश विकास बैंकले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
बैंकको गत बुधबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । 
 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउन सक्नेछ । 
 
गत असार मसान्तसम्मको रिपोर्ट अनुसार कैलाश विकास बैंकको चुक्ता पुँजी एक अर्ब ५८ करोड तीन लाख ३६ हजार रूपैयाँ रहेको छ । २५ प्रतिशत बोनस  सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी एक अर्ब ७९ करोडभन्दा बढी हुनेछ । 
 
असार मसान्तसम्मको तथ्यांक अनुसार बैंकको रिजर्भ कोषमा ८६ करोड ७४ लाख ६४ हजार रूपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २७.८१ रूपैयाँ देखिन्छ ।