कैलाशले पायो हकप्रद ल्याउने अनुमति, अब पाँच कित्ता हुनेलाई थप एक कित्ता

23 Dec,2016
  • kailash-bikas-bank-Copy-1_12_23_2016_11_59_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : कैलाश विकास बैंकले ५ बराबर थप १ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । 
 
पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले कैलाशलाई ५ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । 
 
बैंकले अब ३१ करोड ६० लाख ६७ हजार दुई सय रूपैयाँको ३१ लाख ६० हजार ६ सय ७२ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ । 
 
कैलाशको हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । 
हाल कैलाशको चुक्ता पुँजी एक अर्ब ५८ करोड तीन लाख ३६ हजार रूपैयाँ रहेको छ । बैंकको रिजर्भ कोषमा ९९ करोड ४३ लाख ६८ हजार रूपैयाँ जम्मा भएको छ । 
 
कैलाशले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड एक लाख ९८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
बैंकको प्रतिसेयर आम्दानी ३२ रूपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रूपैयाँ ९३ पैसा छ ।