कुमारी पनि पुग्यो धितोपत्र बोर्ड, ५० प्रतिशत हकप्रद सेयर ल्याउन माग्यो अनुमति

03 Jan,2017
  • kumari_bank_1_3_2017_2_15_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : कुमारी बैंकले पनि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय ६६ रूपैयाँको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२.६६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कुमारीको हकप्रदमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दैछ । कुमारीको हाल चुक्ता पुँजी दुई अर्ब ६९ करोड ९१ लाख ६७ हजार रूपैयाँ रहेको छ । 
 
हकप्रदपछि यसमा ५० प्रतिशत पुँजी थपिनेछ । बैंकको रिजर्भ कोषमा पनि एक अर्ब ५० करोड १६ लाख ८६ हजार रूपैयाँ पैसा छ । कुमारीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ७४ लाख ३६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो बैंकको प्रतिसेयर आम्दानी ३१ रूपैयाँ ४९ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रूपैयाँ ६४ पैसा छ । कुमारीले काष्ठमण्डप बैंकलाई एक्वायर गर्ने निर्णय गरिसकेको छ । बैंकले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा बाँकी नै छ ।