कुमारी बैंकले २१ प्रतिशत बोनस सेयर दिने, ५० प्रतिशत हकप्रद सेयर पनि प्रक्रियामा

04 Jan,2017
  • kumari_bank_1_4_2017_11_20_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : कुमारी बैंकले लगानीकर्तालाई २१ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बैंकको निर्णय राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउनेछ । बोनस सेयर दिएपछि चुक्ता पुँजी आठ अर्ब पुर्याउन बैंकलाई थप सजिलो हुनेछ ।  कुमारीले ५० प्रतिशत हकप्रद सेयर पनि निष्कासन प्रक्रिया अघि बढाएको छ । यसका लागि बैंकले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

बैंकले एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय ६६ रूपैयाँको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२।६६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  कुमारीको हाल चुक्ता पुँजी दुई अर्ब ६९ करोड ९१ लाख ६७ हजार रूपैयाँ रहेको छ । बैंकको रिजर्भ कोषमा पनि एक अर्ब ५० करोड १६ लाख ८६ हजार रूपैयाँ पैसा छ । कुमारीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ७४ लाख ३६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो बैंकको प्रतिसेयर आम्दानी ३१ रूपैयाँ ४९ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रूपैयाँ ६४ पैसा छ । कुमारीले काष्ठमण्डप बैंकलाई एक्वायर गर्ने निर्णय गरिसकेको छ ।