Market Closed

कुमारी बैंकले देवः विकासलाई एक्वायर गर्ने प्रस्ताव पारित

02 Jun,2020
  • Kumaril-bank-Ltd_8_26_2018_11_49_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति (एक्वार) गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार बसेको विशेष साधारणसभाले देवः विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको हो । सभाले एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन पनि गरेको छ । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः०.८६ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई सभाले अन्तिम स्वीकृति दिएको छ । 
 
यसर्थ, देवःको १०० सय कित्ता सेयर हुनेले अब कुमारीको नाममा ८६ कित्ता सेयर पाउनेछन् । देवः एक्वायरपछि कुमारीको चुक्ता पुँजी १२ अर्ब ५० करोड भन्दा बढी हुनेछ । बैंकको निक्षेप १ खर्ब २० अर्ब र कर्जा १ खर्ब ५ अर्ब हुनेछ । 
 

Post Your Comment