चैत्र ६ मा कर्णालीको वार्षिक साधारण सभा

07 Mar,2016
  • karnali_3_7_2016_3_39_25.jpg
फागुन २४, काठमाडौं । कर्णाली डेभलपमेण्ट बैङ्क लिमिटेडको बाहौं वार्षिक साधारण सभा चैत्र ६ गते स्वस्तिक कटेज, नेपालगंजमा हुने भएको छ । सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, ११ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव साधारण सभामा लगिदैंछ  ।