कर्णाली बैङ्कको हकप्रद शेयरको निष्कासन तथा बिक्री खुल्ला

19 Jun,2016
  • karnali_development_bank_logo_6_19_2016_1_52_31.png
 
असार ५ , काठमाडौं । कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडको साविक शेयरधनीहरुका लागी दुई शेयर बराबर  एक शेयर (२ः१) को अनुपातमा प्रति शेयर रु १०० अंकित दरका चार लाख (४००,०००) कित्ता हकप्रद शेयर निष्काशन मिती जेठ २ गते देखी असार ५ गतेसम्म कायम भएकोमा मिती थप गरी असार ३० गते सम्म थप गरेको छ ।
 कम्पनी हकप्रद  शेयर खरिदका लागी दरखास्त पाइने स्थान कर्णाली बैङ्क लिमिटेड , नेपालगञ्ज बाँके र सिद्धार्थ डेभलपमेन्ट बैङ्कका शाखा कार्यालय विराटनगरबाट पनि पाइने व्यबस्था गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्रोमर मर्चेन्ट बैंकर लिमिटेड रहेको छ ।