लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस सेयर दिने, एक सय प्रतिशत हकप्रदले पनि बोनस पाउने

12 Jan,2017
  • laxmi_bank_1_12_2017_11_46_18.png
नेपाली पैसा 
 
काठमाडौं : लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस सेयर दिने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट ३८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यो बोनस सेयर प्रोफेसनल दियालोलाई एक्वायर गरेपछि कायम हुने पुँजीमा पाइनेछ । यसैगरी, लक्ष्मीले एक सय प्रतिशत हकप्रद सेयर पनि दिंदैछ । 
 
यो हकप्रद सेयरसमेतलाई जोडर बोनस सेयर दिन लागिएको हो । अर्थात् एक सय प्रतिशत हकप्रद सेयर भर्नेले पनि बोनस सेयर पाउनेछन् । यसलाई समेत जोड्दा भने १८.२९ प्रतिशत हुनेछ । लक्ष्मी बैंकले प्रोफेसनल दियालोलाई एक्वायर गर्ने अन्तिम स्वीकृति राष्ट्र बैंकबाट पाइसकेको छ । लक्ष्मी बैंकले प्रोफेसनलाई एक्वायर गरी शतप्रतिशत हकप्रद निष्कासन गरेपछि कायम हुने पुँजीमा १८.२९ प्रतिशत बोनस कायम हुने जानकारी दिएको छ ।