मेघा बैंकको खुद नाफा १४ करोड ६९ लाख, ब्याज आम्दानीमा कसरी मार्यो फड्को

14 Nov,2016
  • mega-bank-nepal-limited_11_14_2016_4_48_12.png
नेपाली पैसा 
 
काठमाडौं : मेघा बैंकले १४ करोड ६९ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।  
 
यो नाफा रकम गत वर्ष भन्दा ६ करोड २५ लाख ९९ हजार रुपैयाँले धेरै हो । गत वर्ष पहिलो त्रैमासमा मेघाले आठ करोड ४३ लाख ४८ हजार रुपैयाँ मात्र नाफा कमाउन सफल भएको थियो । 
 
तीन अर्ब २४ करोड पाँच लाख ७५ हजार चुक्ता पुँजी रहेको मेघाको जगेडा कोषमा भने एक अर्ब ११ करोड १६ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
 
 लगानीकर्ता आकर्षित गर्न मेघाले जगेडा कोषलाई अझै दरिलो बनाउँदा लगानीकर्ता थप आकर्षित गर्न सकिने बैंकले सोमबार प्रकाशित गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणमा देखिन्छ । 
 
तर गत वर्षलाई आधार मान्ने हो भने चाहिँ जगेडा कोषमा पनि निकै सुधार भएको हो । गत वर्ष यतिबेला बैंकको जगेडा कोषमा ५६ करोड २६ लाख ३३ हजार रुपैयाँ मात्र थियो । 
 
निक्षेप रकम २२ अर्ब बाट बढाएर ३६ अर्ब ७७ करोड ४१ लाख ५५ हजार पु¥याउन सफल मेघाले कर्जा प्रवाहतर्फ पनि ३१ अर्ब ८१ करोड ९० लाख ४८ हजार रुपैयाँ पुर्याइसकेको छ । 
 
पाँच करोड ५० लाख ७८ हजार रुपैयाँ राइट ब्याक गरेको बैंकको प्रोभिजनमा ११ करोड ४८ लाख ४७ हजार रूपैयाँ छुट्याइएको छ । 
 
बैंकले फि, कमिसन र डिस्काउन्ट शीर्षकमा पनि एक करोड ७३ लाख ५९ हजार रूपैयाँ कमाएको छ ।  खुद ब्याज आम्दानीमा पनि गत वर्षको भन्दा १५ करोड ७८ लाख ८१ हजार रुपैयाँ बढोत्तरी गर्न बैंक सफल भएको छ । 
 
गत वर्ष बैंकको खुद ब्याज आम्दानी १९ करोड ८९ लाख चार हजार रुपैयाँ  रहेकोमा यो त्रैमासमा भने ३५ करोड ६७ लाख ८५ हजार रुपैयाँ आम्दानी भएको हो । 
 
खराब कर्जा १.०८ प्रतिशत रहेको मेघाको यो त्रैमासको प्रतिसेयर आम्दानी चार रुपैयाँ ५३ पैसा र वार्षिकीकरण गरी हेर्दा प्रतिसेयर आम्दानी १७ रपैयाँ ८० पैसा हुने बैंकको भनाई छ । मेघाले प्रतिसेयर नेटवर्थ एक सय ३४ रुपैयाँ ३१ पैसा पुर्याएको छ ।