मेगाको बम्पर : १३.२५ प्रतिशत बोनस, त्यसपछि फेरि ६५ प्रतिशत हकप्रद

05 Dec,2016
  • mega_12_5_2016_11_24_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : मेगा बैंकले लगानीकर्तालाई १३.२५ प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । बोनसमा लाग्ने कर तिर्न ०.७० प्रतिशत नगद लाभांश पनि बैंकले दिनेछ । 
 
बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पनि बैंकले गरेको छ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले आकर्षक हकप्रद सेयर पनि प्रस्ताव गरेको हो । बैंकको यो निर्णयलाई नियामक नेपाल राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गर्नुपर्ने हुन्छ ।