Market Closed

मेरो माइक्रोफाइनान्सको बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

01 Nov,2019
  • book_close_11_1_2019_1_56_31.jpg
नेपाली पैसा 

काठमाडौं : मेरो माइक्रोफाइनान्सको सातौ वार्षिक साधारण सभा कात्तिक २९ गते हुने भएको छ । सभामा ३०% बोनस सेयर र कर तिर्न १.५८% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । कम्पनीले १९ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ३ लाख ८६ हजार ३१५ रुपैयाँ नगद लाभांश प्रस्ताव गर्न लागेको हो । सभा होटल वाटर टावर विदुर–३, बट्टार, नुवाकोटमा बिहान ११ बजे सुरु हुनेछ ।
 
 साधारण सभा गर्न मेरोले कात्तिक २० गते बुधबारदेखि कात्तिक २९ गतेसम्म बुक क्लोज गर्नेछ । कात्तिक १९ गते मंगलबार सम्म कायम सेयरधनी लाभांसको हकदार हुनेछन् । यस आधारमा इच्छुकले अब ३ दिन कार्य दिनभित्र सेयरधनी बन्नुपर्ने हुन्छ । 
 
कम्पनी अन्य कुनै वित्तीय संघसंस्थामा गाभ्न– गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सर्वसाधारण लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ ।
 
 
 
 

Post Your Comment