कैलाश विकास, मेट्रो डेभलपमेण्ट र नेपाल एक्सप्रेस फाइनान्स मर्ज हुने

05 Mar,2016
  • 20160304054501_kailashbank_3_5_2016_3_31_08.jpg
फागुन २२, काठमाडौं ।  कैलाश विकास बैङ्क लिमिटेडको शुक्रवार भएको विशेष साधारण सभाले कैलाश विकास बैङ्क, मेट्रो डेभलपमेण्ट बैङ्क र नेपाल एक्सप्रेस लिमिटेड गाभ्ने सर्वसम्मत निर्णय भएको छ । बैङ्कको विशेष साधारण सभाले २०७४ असार मसान्तसम्ममा चुक्ता पूँजी २ अर्ब ५० करोड पु¥याउन मर्जर पछि कायम रहेको चुक्ता पूँजीमा २० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । त्यसैगरी मर्जपछि बैङ्कको चुक्ता पूँजी १ अर्ब ५८ करोड पुग्नेछ । मर्जरपछि बैङ्कको शाखा सङ्ख्या ३८ र १७ वटा एटिएम मार्फत सेवा दिनेछ  । त्यसैगरी मर्जरपछि कैलाश विकास बैङ्कको नाम बाट एकिकृत कारोबार गर्ने निर्णय जारी  विज्ञप्तिमा उल्लेख गरेको छ ।