मञ्जुश्री फाईनान्सियल ईन्स्टिच्युसनको खुद मुनाफा करीव ३ गुणा बढ्यो

19 Apr,2016
  • manju_shree_4_19_2016_3_56_43.jpg
बैशाख ७, काठमडौं । मञ्जुश्री फाईनान्सियल ईन्स्टिच्युसन लिमिटेडको चैत मसान्तसम्ममा खुद नाफा रू. ३ करोड ३० लाख पुगेको छ । यो गत आवको तेस्रो त्रैमाशको तुलनमा १ सय ६९ प्रतिशत अर्थात् २ दशमलव ६९ गुणाले बढेको छ । सञ्चालन मुनाफा र खुद व्याज आम्दानी बढेकाले मुनाफा बढ्नमा टेवा पुगको हो । सञ्चाल मुनाफा १ सय ७६ प्रतिशत र खुद व्याज आम्दानी ६५ प्रतिशत बढेको छ । कम्पनीले चालु आवमा रू. ४६ लाख ४९ हजार राईट ब्याक उठाउन सफल भएको छ । गत आवमा ३ दशमलव ९६ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवमा ४ दशमलव २५ रहेको छ ।