मन्जुश्री फाइनान्सको किन घट्यो नाफा ? चुक्ता पुँंजी २५ करोड हुँदा रिजर्भमा झन्डै १३ करोड

20 Oct,2016
  • manjushree-finance_resize_10_20_2016_4_39_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : मन्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाासमा ९० लाख ८४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
फाइनान्सको नाफा गत वर्षको साही अवधिको तुलनामा दुई लाख रूपले घटेको छ । सम्भावित जोखिमबापत १९ लाख ४६ हजार रूपैयाँ छुट्याउनु परेकाले नाफामा असर गरेको देखिन्छ ।
 
कम्पनीले यो त्रैमाासमा खुद ब्याज आम्दानीमा सामान्य वृद्धि गरेको छ । गत वर्ष यसै अवधिमा एक करोड ८६ लाख ४३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेकामा यसपटक त्यो बढाएर दुई करोड १८ लाख ५४ हजार रूपैयाँ पुगेको छ । 
 
मन्जुश्रीको खराब कर्जा अनुपात ३.३३ प्रतिशत छ । चुक्ता पुँजी २५ करोड ६ लाख ५० हजार रूपैयाँ रहँदा रिजर्भमा १२ करोड ८३ लाख ५५ हजार रूपैयाँ जम्मा भइसकेको छ ।