मञ्जुश्री फाइनान्स लिमिटेड : कम्पनी विश्लेषण (शुक्रवार, ५ कात्तिक २०७३)

21 Oct,2016
  • manjushree-finance_resize_10_21_2016_11_24_09.jpg

२०७२/७३ आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा रू. ९० लाख ८४ हजार पुगेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस शेयर र शून्य दशमलब ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अीन्तम दिनमा कालो मारुबोजु बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य घट्न सक्ने सङ्केत गर्दछ ।

आरएसआई : न्युट्रल जोन (५५ दशमलव ५५ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : ४ दशमलव ९१ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको शेयरमूल्य ७ दिने रेखा र २१ दिने रेखाभन्दा तल छ भने ट्रेण्ड लाइनभन्दा माथि छ । हालको विन्दुबाट मूल्य सस्तिएमा रू. ४ सय ७ मा टेवा पाउने सङ्केत देखिन्छ । मूल्य महँगिएमा रू. ४ सय १५ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७२/७३ आर्थिक वर्ष र २०७३/७४ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको पहिलो त्रैमासमा नाफा न्यून प्रतिशत घटेर रू. ९० लाख ८४ हजारमा सीमित रहेको छ । सञ्चालन नाफा २ प्रतिशत घट्नाले खुद नाफा घट्न पुगेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा ४ प्रतिशतबाट घटेर ३ दशमलव ६२ प्रतिशतमा सीमित भएको छ ।  

- खुद ब्याज आम्दानी १७ दशमलव २२ प्रतिशत बढेर रू.२ करोड १८ लाख पुगेको छ । ब्याज आम्दानी १६ दशमलव ६९ प्रतिशत बढेर रू. ६ करोड ९८ लाख र ब्याज खर्च १६ दशमलव ४५ प्रतिशत बढेर रू. ४ करोड ८० लाख  पुगेको छ ।

- कर्मचारी खर्च ४४ दशमलब २८ प्रतिशत, अन्य सञ्चालन खर्च ४५ दशमलव २३ प्रतिशत र कुल सञ्चालन नाफा २५ दशमलव १० प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति ५९ दशमलव ७६ प्रतिशत बढेर रू. १ करोड ९९ लाख र अन्य सम्पत्ति साढे १ गुणा बढेर रू. ८ करोड ४८ लाख पुगेको छ ।

- सम्भावित जोखीमबापतको व्यवस्थामा रकम रू. १९ लाख छुट्ट्याइएको छ ।

- पूँजी कोष लागत ७ प्रतिशत र पूँजी कोष पर्याप्तता १४ प्रतिशत रहेको छ ।

- कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात साढे २४ गुणा, प्रतिशेयर आम्दानी १४ दशमलव ४८ र मूल्य आम्दानी अनुपात २९ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको साढे २ गुणा छ ।