मञ्जुश्रीको १४ प्रतिशत बोनस र एक सय ७५ प्रतिशत हकप्रद जारी गर्न पुस ९ देखि २९ सम्म बुक क्लोज

18 Dec,2016
  • manjushree_12_18_2016_2_05_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : मञ्जुश्री फाइनान्सको हकप्रद र बोनस सेयरका लागि पुस ९ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 
 
फाइनान्सले १४ प्रतिशत बोनस सेयर र ०.७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लैजाँदैछ । 
 
यसबाहेक मञ्जुश्रीले १ः१.७५ (एक सय ७५ प्रतिशत) अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरिसकेको छ । यो हकप्रद निष्कासनका लागि पनि एक साथ बुक क्लोज मिति सार्वजनिक गरिएको हो ।  
 
कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले साधारण सभा र हकप्रद निष्कासनका लागि एकैसाथ सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको हो । 
 
लाभांश वितरण र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न फाइनान्सले पुस २९ मा साधारण सभा बोलाएको छ । 
 
२५ करोड ६ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको मञ्जुश्रीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९० लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।