मन्जुश्रीको माघ ६ देखि एक सय ७५ प्रतिशत हकप्रद खुल्ने, फागुन ११ गतेसम्म भर्ने म्याद

05 Jan,2017
  • right_share_resize_1_5_2017_12_00_40.jpg
नेपाली पैसा
 
काठमाडौं  : मन्जुश्री फाइनान्सले एक सय ७५ प्रतिशत हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ । मन्जुश्रीले माघ ६ देखि गतेदेखि एक सेयर बराबर थप १.७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसआधारमा बैंकले ४३ लाख ८६ हजार तीन सय ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद सेयर निष्कासनपछि मन्जुश्रीको चुक्ता पुँजी ६८ करोड ९२ लाख ८७ हजार पाँच सय रुपैयाँ पुग्नेछ । कम्पनीको यो हकप्रद सेयरमा पुस ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
 
हकप्रद सेयर आवदेनका लागि एस क्यापिटल लिमिटेड लालदरबार काठमाडौँ, एस डेभलपमेन्ट बैंक नक्सालसहित यसका सम्पूर्ण शाखाहरू, मन्जुश्री फाइनान्सको नयाँ बानेश्वरसहित सबै शाखा कार्यालयबाट सेयर भर्न सकिनेछ । त्यस्तै, त्रिवेणी विकास बैंकको पाल्पा, बेसीसहर, पनौती, इटहरी र भकुण्डेबेसी, गरिमा विकास बैंकको पोखरा, बाग्लुङ, बेनी र मुग्लिङ शाखा कार्यालय अनि महाकाली विकाश बैंकको महेन्द्रनगर शाखा कार्यालयबाट समेत सेयर आवेदन दिन सकिने व्यवस्था गरिएको छ । 
 
मन्जुश्रीको बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ । चुक्ता पुँजी २५ करोड ६ लाख ५० हजार रुपैयाँ रहेको मन्जुश्रीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४८ पैसा (बार्षिकीकरण) रहेको यो फाइनान्सको प्रतिसेयर नेटवर्थ भने एक सय ५१ रुपैयाँ २१ पैसा छ ।