मुक्तिनाथको ३४ प्रतिशत बोनस सेयर, असोज २१ देखि ५० प्रतिशत हकप्रद पनि

02 Oct,2016
  • muktinath_10_2_2016_12_21_20.jpg
नेपाली पैसा 
काठमाडौं : मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत बोनस सेयर दिने भएको छ ।
 
बैंक सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट ३४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
 
बैंकले लगानीकर्तालाई आकर्षक बोनस प्रस्ताव गरे पनि कर तिर्न नगद लाभांश भने नदिने भएको छ । 
 
नगद लाभांश नदिएपछि लगानीकर्तालाई निकै झन्झट हुनेछ । अब सेयर होल्डरहरूले करबापत लाग्ने नगद बुझाएपछि मात्र खातामा बोनस सेयर पाउनेछन् । 
 
कर नबुझाएसम्म डिम्याट खातामा सेयर जानेछैनन् । यसअघि पनि केही बैंक तथा वित्तीय संस्थाले बोनसमात्र दिने निर्णय गरिसकेका छन् । यसको लगानीकर्ताले चौतर्फी विरोध गरे पनि थप संस्थाले पनि सोही प्रवृत्ति दोहो¥याउनेक्रम भने रोकिएको छैन ।
 
गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ८३ करोड ८४ लाख ३२ हजार रूपैयाँ छ । 
 
रिभर्ज कोषमा ५० करोड ३३ लाख ८३ हजार रूपैयाँ रहेको यो बैंकले गत आर्थिक वर्ष ३५ करोड ८८ लाख ७९ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । 
 
मुक्तिनाथको प्रतिसेयर आम्दानी ४२.८० रूपैयाँ छ । बैंकले असोज २१ गतेदेखि हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ ।