मुक्तिनाथको वित्तीय साक्षरता कार्यक्रम

04 Oct,2016
  • muktinath_10_4_2016_3_05_41.png
मुक्तिनाथ विकास बैङ्कले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैङ्कको बुढीबजार शाखाले ‘आजको आवश्यकता, विद्यार्थीमा वित्तीय साक्षरता’  नाराका वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । बैङ्कले  विगतमा कार्यक्षेत्रभित्रका सर्वसाधारणलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराउँदै आएकोमा यस आर्थिक वर्षदेखि विद्यार्थीलाई समेत वित्तीय साक्षरता कार्यक्रम शुरू गरेको हो । बैङ्कले यसैअन्तर्गत जनज्योति उच्च माध्यमिक विद्यालयमा कार्यक्रम गरेको थियो । कार्यक्रममा करीब २ सय विद्यार्थी सहभागी थिए । कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा घरपरिवारमा प्राप्त हुने विप्रेषण रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका लागि बीमाको प्रयोगलगायत विषयमा जानकारी दिइएको थियो ।