मुक्तिनाथको अग्रगामी छलाङ, रिजर्भ कोष पनि आकर्षक

26 Oct,2016
  • muktinath_10_26_2016_12_38_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौ  करोड ९७ लाख ६ हजार रुपैयाँं खुद नाफा कमाएको छ । 
 
यो नाफा गत वर्षको भन्दा तीन करोड ११ लाख ३० हजार रुपैयाँंले बढी हो । मुक्तिनाथले गत आर्थिक वर्षको यसै अवधिमा जम्मा ६ करोड ८५ लाख ७६ हजार रुपैयाँं खुद नाफा कमाएको थियो ।
 
 त्यस्तै, बैंकको खुद ब्याज आम्दानी २१ करोड २६ लाख ६ हजार रूपैयाँ रहेको छ । खुद ब्याज आम्दानीमा बैंकले राम्रै प्रगति गरेको मान्नुपर्छ । गत वर्ष बैंकले १४ करोड ६२ लाख ७६ हजार रूपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
 
चुक्ता पुँजी ८३ करोड ८४ लाख ३२ हजार रुपैयाँ रहेको यो बैंकको रिजर्भमा ६० करोड ३१ लाख २७ हजार रुपैयाँ जम्मा भइसकेको छ । 
 
चुक्ता पुँजीलाई आधार मान्दा बैंकको रिजर्भ निकै दरिलो देखिन्छ । रिजर्भ बलियो भएका कम्पनी लगानीकर्ताको छनोटमा पर्ने गर्छन् । 
 
मुक्तिनाथको खराव कर्जा अनुपात ०.१८ प्रतिशत, कस्ट अफ फन्ड ४.९६ प्रतिशत, प्रतिसेयर आम्दानी ३८.३३ तथा प्रतिसेयर नेटवर्थ १५७.५४ रूपैयाँ रहेको छ । 
 
कल्स इन एड्भान्समा भएको रकमलाई समावेश गरेर प्रतिसेयर आम्दानी निकालिएको बैंकले जानकारी दिएको छ । यो कोषमा बैंकको २० करोड रूपैययाँभन्दा बढी छ ।