नबिलको कारोबार खुल्यो, ३० प्रतिशत बोनस समायोजनपछि कुन भाउँमा हुँदैछ कारबार ?

22 Sep,2016
  • nabil_bank_1_9_22_2016_11_42_42.jpg
 नेपाली पैसा 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले नबिल बैंकको कारोबार फुकुवा गरेको छ । 
 
बैंकले बुक क्लोजको सूचना उपलब्ध नगराएको भन्दै बुधबार नेप्सेले बैंकको सेयर कारोबार रोकेको थियो । बुक क्लोजसम्बन्धी स्पष्टीकरण दिएपछि नेप्सेले नबिलको कारोबार खोलेको हो ।  
 
नबिल बैंकले गत आर्थिक वर्षको नाफबाट दिन लागेको ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश लिनका लागि बुधबार बुक क्लोज थियो । 
 
बिहीबार कारोबार खुलासँगै बुक क्लोजपछिको समायोजन मूल्य पनि तोकिएको छ । नेप्सेका अनुसार ३० प्रतिशत बोनस सेयरपछि बैंकको समायोजित मूल्य १३ सय ९२ रूपैयाँ तोकिएको छ ।