नबिल बैंकले यसरी बढायो नाफा, ब्याज आम्दानी देखियो आकर्षक

28 Oct,2016
  • nabil_10_28_2016_2_00_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : नविल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ करोड ८३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
यो नाफा गत वर्षको भन्दा १४ करोड ४८ लाख ५६ हजार रुपैयाँले धेरै हो । गत वर्ष यही बेला नबिलले ६५ करोड ३५ लाख नौ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । 
 
त्यस्तै, बैंकको खुद ब्याज आम्दानीमा पनि भारीमात्रामा बढोत्तरी भएको छ । गत वर्ष बैंकको यस्तो आम्दानी ८९ करोड एक लाख ९८ हजार रुपैयाँ भएकामा यसपटक भने त्यसमा निकै माथि गएर एक अर्ब २७ करोड तीन लाख ५९ हजार रूपैयाँ पुगेको छ । 
 
ब्याज आम्दानी चुलिंदा समग्र नाफामा सकारात्मक प्रभाव परेको हो । फराकिलो स्प्रेडदरका कारण बैंकको नाफा समग्रमा राम्रो बनाउन सघाउ पुगिरहेको देखिन्छ । 
 
चुक्ता पुँजी ६ अर्ब १८ करोड ३५ लाख ४० हजार रुपैयाँ हुँदा बंंैकको रिजर्भ कोषमा पनि ६ अर्ब हाराहारीमा पैसा जम्मा भएको छ । यो रिजर्भलाई राम्रो मान्नुपर्छ । गत वर्ष यहीबेला रिजर्भमा पाँच अर्ब ३८ करोड हाराहारीमा पैसा थियो । 
 
बैंकको खराब कर्जा अनुपातमा पनि गत वर्षभन्दा सुधार आएको छ । गत वर्ष यसै अवधिमा खराब कर्जा खराब कर्जा १.५४ प्रतिशत रहेकोमा यसपटक १.०९ प्रतिशतमा झरेको छ । 
 
प्रतिसेयर आम्दानी ५० रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २ सय रुपैयाँ पुगेको छ ।