‘कागजी प्रमाणपत्र डिम्याट नगरेसम्म बोनस सेयर खातामा जाँदैन’

06 Jan,2017
  • demat_Account_1_6_2017_11_52_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : नबिल बैंकले सेयरधनीलाई अनिवार्यरूपमा कागजी सेयर प्रमाणपत्र डिम्याट गराउन आग्रह गरेको छ । डिम्याट नगराएसम्म बोनस सेयर खातामा पठाउन नसकिने भन्दै बैंकले तत्काल कागजी प्रमाणपत्र डिम्याट गराउन लगानीकर्तासँग आग्रह गरेको हो । बैंकले गत वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर १५ प्रतिशत नगद लाभांश दिएको छ । नगद लाभांश रकम गत असोज १९ गतेदेखि नै चेकमार्फत वितरण भइरहेको छ । 
नबिलले सेयर प्रमाणपत्र डिम्याट गराएपछि मात्र गत वर्षको मुनाफाबाट वितरण गरिएको ३० प्रतिशत बोनस सेयर लगानीकर्ताको खातामा पठाइने जानकारी गराएको छ । नबिल इन्भेस्टमेन्ट बैंकिङ कार्यालयसहित अन्य पायक पर्ने ठाउँबाट डिम्याट खाता खोल्न सकिनेछ । 
 
यसैगरी, निर्धन उत्थान बैंकले पनि सेयरधनीलाई कागजी सेयर प्रमाणपत्र डिम्याट गराउन सूचना जारी गरेको छ । डिम्याट गरेपछि लगानीकर्ताको खातामा सीधै बोनस सेयर पठाइने जानकारी बैंकले गराएको छ । निर्धनले गत वर्षको नाफाबाट लगानीकर्तालाई ११.५८ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिएको छ । यो बोनस सेयर डिम्याट खातामा पठाउने काम सुरु भइसकेको कम्पनीले बताएको छ । एस क्यापिटलसहित अन्य पायक पर्ने स्थानबाट डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्न सकिने निर्धन उत्थानको भनाई छ ।