नेपाल बङ्गलादेश बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, २० साउन २०७३)

04 Aug,2016
  • nepal_bangladesh_bank_resize_8_4_2016_3_12_11.jpg

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा ४७ दशमलव २२ प्रतिशत बढेको छ । वैदेशिक मुद्राको विनिमयबाट भएको आम्दानी ३३ प्रतिशत बढेर रू. १४ करोड ६ लाख पुगेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभरशोल्ड जोन (८४ स्केल)मा छ । विक्री चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन : १८ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखाभन्दा तल छ, सातदिने औसत मूल्यरेखा र ट्रेण्ड लाइनभन्दा माथि छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार १० मा टेवा पाउने र मूल्य महँगिएमा रू. १ हजार ३८ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा ४७ दशमलव २२ प्रतिशत बढेर रू. १ अर्ब १९ करोड पुगेको छ । खुद ब्याज आम्दानी ३४ प्रतिशत र सञ्चालन नाफा ४८ प्रतिशत बढ्नाले र गत आवमा रहेको रू. ५ करोड ७ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल हुनाले खुद नाफा बढेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा २६ दशमलव ७८ प्रतिशतबाट बढेर ३९ दशमलव ४३ प्रतिशत पुगेको छ ।

- रू. ३९ अर्ब ८७ करोड कुल निक्षेप सङ्कलन गरी रू. ३२ अर्ब ५२ करोड कर्जा प्रवाह गरेको छ ।

- ब्याज आम्दानी २४ प्रतिशत बढेर रू. २ अर्ब ९१ करोड र ब्याज खर्च १५ दशमलव ४९ प्रतिशत बढेर रू. १ अर्ब ४५ करोड पुगेको छ ।

- कर्मचारी खर्च २१ प्रतिशतल र कुल सञ्चालन नाफा ३० दशमलव ३८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च ५ दशमलव २१ प्रतिशत घटेको छ ।

- बैङ्कको स्थिर सम्पत्ति १० प्रतिशत र अन्य सम्पत्ति ६ दशमलव ६० प्रतिशत झरेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम २१ दशमलव ७८ प्रतिशत घटाएर रू. ७ करोड ३ लाखमा सीमित भएको छ ।

- निष्क्रिय कर्जा शून्य दशमलव ७१ प्रतिशत र सीडी रेशियो ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

- पूँजीकोष लागत करीब ४ प्रतिशत र पूँजीकोष पर्याप्तता ११ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात साढे २९ गुणा, प्रतिशेयर आम्दानी रू. ३९  र मूल्य आम्दानी अनुपात २२ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको ५ गुणा छ ।