एनबीबी, सेवा, पोखरा फाइनान्स र तिनहुँको मूल्य समायोजन, कतिमा भयो पहिलो कारोबार ?

05 Oct,2016
  • lower-price_10_5_2016_11_40_48.jpg
नेपाली पैसा 
काठमाडौं : नेपाल स्टक एक्चेन्जले नेपाल बंगलादेश बैंकसहित चार वटा सूचीकृत कम्पनीको समोजन मूल्य तोकेको छ । 
 
बोनस तथा हकप्रद सेयर घोषणा गरेका यी कम्पनीको बुक क्लोजपछि बुधबारदेखि सेयर कारोबार गर्न समोजन हुने मूल्य निर्धारण गरिएको हो । 
 
३२ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको नेपाल बंगलादेश बैंक (एनबीबी) को प्रतिकित्ता आठ सय ९८ रूपैयाँका दरले सेयर कारोबार खुलेको छ । 
 
यसैगरी, एक सय २० प्रतिशत हकप्रद दिन लागेको सेवा विकास बैंकको तीन सय ६१ मा बुक क्लोजपछिको पहिलो कारोबार भएको छ । 
 
पोखरा फाइनान्सले १३.५ प्रतिशत बोनस सेयर दिने भएपछि बुक क्लोजपछि तीन सय ४८ रूपैयाँको भाउ कायम भएको छ । 
 
उता, २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको तिनहुँ डेभलपमेन्ट बैंकको समोजित भाउ पाँच सय ३० रूपैयाँ निर्धारण भएको छ ।