बंगलादेश बैंक ८० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

22 Dec,2016
  • nepal-bangladesh-bank-fb_12_22_2016_12_51_17.png
नेपाली पैसा 
 
काठमाडौं : नेपाल बंगलादेश बैंक ८० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । 
 
बंगलादेश बैंकले १० कित्ता बराबर थप आठ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पुँजी पुर्याउन बैंकले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । 
 
बंगलादेश बैंकले तीन अर्ब २० करोड ९४ लाख ६ हजार नौ सय रूपैयाँको तीन करोड २० लाख ९४ हजार ६९ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । 
 
बैंकको यो हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्दैछ ।

धितोपत्र बोर्डबाट अनुमति पाउने वित्तिकै सेयर बिक्री प्रक्रिया सुरु हुने बैंकले जानकारी दिएको छ । 
 
बंगलादेश बैंकको हाल चुक्ता पुँजी चार अर्ब एक करोड १७ लाख ५९ हजार रूपैयाँ रहेको छ । बैंकको रिजर्भमा दुई अर्ब रूपैयाँभन्दा बढी पैसा छ । 
 
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ५० लाख १९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
बैंकको प्रतिसेयर आम्दानी २२ रूपैयाँ अनि प्रतिसेयर नेटवर्थ एक सय ५६ रूपैयाँ छ ।
 बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३२ प्रतिशत बोनस सेयर र १.६८ प्रतिशत नगद लाभांश दिएको छ । 
 
बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा ८० प्रतिशत हकप्रद ल्याउन लागिएको हो ।