Market Closed

बंगलादेश बैंकको नाफासहितका महत्वपूर्ण सूचकहरु थप बलियो

15 Nov,2019
  • Nepal-Bangladesh-bank-Ltd_8_15_2019_9_15_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल बंगलादेश बैंकले यस आर्थिक वर्षको पहिलो त्रैमासमा ४० करोड २५ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष भन्दा नाफा ३३.३२% ले बढी हो । गत वर्ष बैंकले ३० करोड १९ लाख १४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । वितरण योग्य नाफा १४ करोड ८६ लाख रुपैयाँ रहेको छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी क्रमशः २६.१५% र १५.३६% ले बढाएको छ । 

खुद ब्याज आम्दानी ८.३३% र सञ्चालन नाफा २४.१४% ले बढेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । नेपाल बंगलादेश बैंकले गत वर्षको नाफाबाट ५% बोनस सेयर र ७% नगद लाभांश दिने घोषणा गरेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब ४९ करोड २७ लाख १३ हजार रुपैयाँ पुग्नेछ । रिजर्भ कोष भने १२.७२% ले घटेको छ । 
 
प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९८ पैसाले बढेर १९ रुपैयाँ ८१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ पनि १२ रुपैयाँ ३४ पैसाले वृद्धि भएर १५८ रुपैयाँ ३४ पैसा कायम भएको छ । 



बंगलादेश बैंकको वित्तीय विवरण हेर्नुहोस् । 

Post Your Comment