एनबीको शाखा सोलुखुम्बु र ओखलढुङ्गामा

29 Mar,2016
  • new-branch_3_29_2016_12_46_50.jpg
 
एनबीको शाखा सोलुखुम्बु र ओखलढुङ्गामा
 

चैत १५, काठमाडौं (अस) । एनबी इन्स्योरेन्सले सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा शाखा स्थापना गरेको छ । कम्पनीले सोलुखुम्बुको दूधकुण्ड नगरपालिकामा र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा शाखा सञ्चालन गरेको इन्स्योरेन्सका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए ।

विशेषगरी कृषि बीमालाई केन्द्रित गरी शाखा सञ्चालन गरिएको कम्पनीले बताएको छ । ‘पछिल्लो समय सरकारले कृषि बीमालाई उच्च प्राथमिकता दिँदै आएको छ,’ पौडेलले भने, ‘सोहीअनुरूप एनबीले पनि स्थानीय स्तरका कृषिलाई सहयोग पुर्याउने उद्देश्यले कृषि बीमालाई नै प्राथमिकता दिएको छ ।’

सोलुखुम्बु क्षेत्र पर्यटकीय हिसावले पनि आकर्षक गन्तव्य भएकाले पर्यटन बीमालाई पनि प्राथमिकतामा राखेको उनले जानकारी दिए । ती दुवै शाखाको बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसीले उद्घाटन गरेका थिए ।