एनबी इन्सुरेन्सको लिलामी सेयर, संस्थापकमा अधिकतम पाँच सय २१ रूपैयाँसम्मको आवेदन

24 Oct,2016
  • nb_insurance_compnay_resize_10_24_2016_4_22_33.png
नेपाली पैसा 
 
काठमाडौं : एनबी इन्सुरेन्सले लिलामीमा बिक्री गरेको सेयरमा संस्थापकतर्फ सबैभन्दा बढी प्रतिकित्ता पाँच सय २१ को आवेदन दिनेले हात पारेका छन् । 
 
पाँच सय २१ रूपैयाँका दरले टेन्डर गर्नेले एक सय कित्ता सेयर पाएका हुन् । ती आवेदकले एक सय कित्ताका लागि नै आवेदन दिएका थिए । 
 
यसैगरी, बाँकी १५ सय कित्ता चार सय ५५ रूपैयाँमा टेन्डर हाल्नेले पाएका छन् । एनबी इन्सुरेन्सले जम्मा १६ सय कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गरेको हो । 
 
यो समाचार तयार पार्दासम्म संस्थापक समूहको सेयर बाँडफाँट गर्ने कार्य पूरा भएर सर्वसाधारण समूहको सेयर बाँडफाँटको प्रक्रिया सुरू भएको छ ।


 
सर्वसाधारण समूहमा ४१ हजार आठ सय ३७ कित्ता सेयर मूल्य बढाबढका आधारमा लिलामीमा बिक्री गरिएको हो । यसको टेन्डर खोलेर बाँडफाँट सक्न अझै केही समय लाग्नेछ । 
 
एनबी इन्सुरेन्सले संस्थापक र सर्वसाधारण समूहको गरी कुल ४३ हजार चार सय ३७ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको हो । 
 
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलेसोमबार दिउँसो ३ः३० बजेदेखि राष्ट्रिय नाचघर, जमलमा गोप्य शिलबन्दी टेन्डर खोल्न सुरु गरेको हो । 
 
लगानीकर्ताले यो सेयरमा आवेदन दिने म्याद कात्तिक ५ गतेसम्म थियो । न्यूनतम एक सय रूपैयाँ कायम गरी त्यसभन्दा माथि मूल्य बढाबढका आधारमा बोलपत्र पेस गरेका थिए ।