नेपाल बैंकको साधारण सभा, २३.७४ प्रतिशत हकप्रद प्रस्ताव पारित

10 Jun,2016
  • Nepal_bank_limited_agm_6_10_2016_1_21_50.jpg
नेपाली पैसा 
काठमाडौं ः नेपाल बैंक लिमिटेडको ५६ औं साधारण सभा शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा साधारण सभा सम्पन्न भएको छ । प्रस्ताव पारित भएको छ । 
 
 
साधारण सभाले १०ः२.३७ अनुपात (२३.७४ प्रतिशत) मा हकप्रद जारी गर्ने  प्रस्ताव पारित भएको छ ।  बैंकले चुक्ता पुँजी आठ अर्ब चार करोड २६ लाख ६२ हजार दुई सय रूपैयाँ पुर्याउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 
 
साधारण सभाले अन्य वित्तीय संस्थासँग मर्जर, एक्विजिसन वा टेकओभर गर्नका लागि सञ्चालक समितिलाई अधिकार प्रत्यायोजनसमेत गरेको छ  ।
 
 यसैगरी, बैंकको चलअचल सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय लेखापरीक्षक नियुक्त गर्ने अधिकारसमेत सञ्चालक समितिलाई दिनेछ । यी प्रस्ताव बैंकले साधारण सभामा लगेको छ ।  
 
पछिल्लो समय नेपाल बैंकको सेयरप्रति सर्वसाधारण लगानीकर्ताको आकर्षण बढ्दो छ । बैंकले विस्तारै आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै अघि बढेको छ । 
 
घरजग्गालगायतका गैरबैंकिङ सम्पति बिक्री गरेर पुँजी कोष धनात्मक बनाउने काम दुई वर्षयता जारी छ । चालु आर्थिक वर्षको अन्तिम त्रैमासिक रिपार्टमै बैंकको जगेडा कोष सकारात्मक हुने अनुमान छ ।