नेपाल बैङ्क : कम्पनी विश्लेषण (शुक्रवार, १४ असोज २०७३)

30 Sep,2016
  • nepal_bank_resize_9_30_2016_12_47_29.jpg

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा ६ गुणा बढेको छ । पछिल्लो समयमा रहेको ६२ करोड ९३ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : मूल्यबारे लगानीकर्ताहरू अन्योलमा रहेको देखिन्छ । सोहीकारण अन्तिम दिनमा पनि पुच्छर भएको कालो मैनबत्ती बनेको छ ।

आरएसआई : न्युट्रल जोन (३६ दशमलव ८९ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएसन : ९ दशमलव २५ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने औसत मूल्य रेखा, सातदिने औसत मूल्यरेखा  र ट्रेण्ड लाइनभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ४ सय ८९ मा टेवा पाउने र मूल्य महँगिएमा रू. ५ सय ११ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा खुद ब्याज आम्दानी ४१ दशमलव ६९ प्रतिशत र सञ्चालन नाफा ५ गुणा बढ्नाले खुद नाफा ६ गुणा बढ्न टेवा पुगेको हो । नाफा बढेर रू. ३ अर्ब १ करोड पुगेको छ ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा ७ दशमलव ४८ प्रतिशतबाट बढेर ४६ दशमलव ६९ प्रतिशत पुगेको छ ।

- अघिल्लो आवमा घाटामा रहेको जगेडा कोष यस आवमा सुधारिएर रू. ३८ करोड ४७ लाख पुगेको छ ।

- ब्याज आम्दानी २३ दशमलव ९८ प्रतिशत बटेको छ भने ब्याज खर्च ८ दशमलव ४१ प्रतिशत घटेको छ ।

- कर्मचारी खर्च ९ दशमलव ७० प्रतिशत घटेको छ । त्यस्तै, अन्य सञ्चालन खर्च ६ दशमलव ८० प्रतिशत र कुल सञ्चालन आम्दानी ३९ दशमलव ८० प्रतिशत बढेको छ ।

- अघिल्लो आवमा रहेको रू. ६२ करोड ९३ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- स्थिर सम्पत्ति ४ दशमलव ६२ प्रतिशत र अन्य सम्पत्ति २ दशमलव ३३ प्रतिशत बढेको छ ।

- बैङ्कको निष्क्रिय कर्जा २ दशमलव ७२ प्रतिशत, पूँजीकोष लागत १ दशमलव ९८ प्रतिशत र पूँजीकोष पर्याप्तता ११ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपाता साढे ३७ गुणा, प्रतिशेयर आम्दानी रू.४६ दशमलव ६९ र मूल्य आम्दानी अनुपात १० गुणा छ । सो आम्दानी र पछिल्लो शेयरमूल्यको आधारमा निकालिएको पीई रेशियो ५० गुणा छ । हालको शेयरमूल्य नेटवर्थको साढे ४ गुणा छ ।