Market Closed

जागीर गुमाएपछि रे ड्यालियो बने अर्बपति

21 Oct,2019
  • rey_dalio_10_21_2019_7_55_33.jpg
नेपाली पैसा
 
काठमाडौं : रे ड्यालियो अमेरिकी अर्बपति लगानीकर्ता, हेज फन्ड म्यानेजर र समाजसेवी हुन् । उनको जन्म सन् १९४९ अगस्ट ८ मा न्यू योर्क, अमेरिकामा भएको थियो । ड्यालियोे विश्वकै सबैभन्दा ठूला हेज फन्ड मध्यको एक ‘ब्रिज वाटर एसोसिएट्स’ का संस्थापक हुन् । फोब्र्सका अनुसार उनी १८.७ अर्ब डलर नेटवर्थका साथ विश्व अर्बपतिको सूचीमा ५४ औं स्थानमा छन् । आफ्नो पढाई पूरा गरेपछि ड्यालियोले न्यू योर्क एक्सचेन्जमा कमोडिटी ट्रेड गर्न सुरु गरे । यसै क्रममा उने कमोडिटी कम्पनी डोमिनिक एन्ड डोमिनिक एलएलसीमा निर्देशकको रुपमा काम गरे ।

सन् १९७४ मा सेयरसन हेडन स्टोनमा फ्यूचर्स ट्रेडर र ब्रोकर भए । उनले सन् १९७५ मा लगानी व्यावस्थापन कम्पनी ब्रिजवाटर एसोसिएट्स सुरु गरे । सुरुवाती दिनहरुमा उनले आफ्नै एपार्टमेन्टमा कार्यालय स्थापना गरेका थिए । त्यसपछि, सन् १९८१ म वेस्ट पोर्टमा कार्यालय खोले । सन् २००५ मा ब्रिजवाटर विश्वकै ठूलो हेज फन्डको रुपमा परिचित भयो । सन् २०११ मा उनले आफूले लेखेको प्रिन्सिपल नामक पुस्तक प्रकाशित गरे ।

यो पुस्तकमा उनले आफ्ने जीवनभरको अनुभवबाट सिकेका कुराहरु लेखेका छन् । उनले लागनीका राणनीति तथा कर्पोरेट व्यवस्थापनका बारेमा यस पुस्तकमा उल्लेख गरेका छन् । उनले आफूले सञ्चालन गरेको हेज फन्डको विश्लेषण र व्यवहारिक उपयोगका बारेमा पनि पर्याप्त चर्चा गरेका छन् । सन् २०१२ मा ड्यालियो टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएका थिए ।
 
रे ड्यालियोका बारेमा १४ं तथ्यहरु :
 
१. रे डयालियोको कम्पनीले १६० अर्बको हेज फन्ड व्यवस्थापन गर्छ । यो रकम ब्रिजवाटरबाट व्यवस्थापन हुन्छ । उनले म्याकडोनल्ड्स, एडिडास लगायत विश्व प्रख्यात कम्पनीहरुसँग काम गरेका छन् । 
 
२. उनले कर्मचारीहरुको स्वास्थ्यलाई ध्यान राख्दै योग गर्न लगाउँछन् । ठूला कम्पनीहरुसँग काम गर्नुपर्ने हुनाले तनाव बढ्ने गर्छ । तनावमा काम गर्यो भने बिग्रिन सक्ने भएकाले ड्यालियोले हप्ताको एकदिन ध्यान गर्न लगाउछन् । आफूले पनि ध्यान गर्दै आएका रे ड्यालियो आफैंमा राम्रो परिवर्तन देखिएकाले कर्मचारीहरुलाई पनि ध्यान गर्न प्रेरित गर्दछन् । उनले कर्मचारीहरुलाई कार्यालयको खर्चमा ध्यान केन्द्र पठाउने गरेका छन् । परिणाम स्वरुप कर्मचारीहरुमा मानसिक र शारीरिक स्वस्थ्य राम्रो हु्ने गरेको छ । 
 
३. उनले आर्थिक संकटको भविष्यवाणी सहजै गर्न सक्दछन् । अमेरिकामा सन् २००८ मा भएको आर्थिक मन्दीको अनुमान उनले केही समय अगाडि नै गरेका थिए । 
 
४ं.ड्यालियोले १३ वर्षको उमेरमा पहिलोपटक लगानी गरेका थिए । 
 
५. फोब्र्सका अनुसार उनको खुद सम्पति १८.१ खर्ब डलर छ । ड्यालियोको कम्पनी  ब्रिजवाटरले पब्लिकमा आइपीओ भने जारी गरेको छैन ।  
 
६. उनले पहिलो जागिर गुमाएका थिए । रक्सी पिएर हाकिमलाई मुक्का हानेपछि उनी जागिरबाट निकालिएका थिए । उनले हाकिमको अनुहारमा मुक्का हानेका थिए । ड्यालियोले हार्वर्ड विजनेज स्कुलबाट एमबीए गरेका छन् । उनले अध्ष्ष्न सक्ने बित्तिकै जागिर सुरु गरेका थिए । 
 
७. कुनै बेला उनलाई यौन दुराचारको आरोप पनि लागेको थियो । विभिन्न स्रोतका अनुसार उनको कम्पनीमा राम्रो तलब र सुविधा दिइए पनि अधिक काम र खटाइका कारण कर्मचारीहरु तनावमा रहने गरेको विगतका उदाहरण छन् । 
 
८. उनी डोनाल्ड ट्रम्पको प्रशंसक होइनन् । उनले ट्रम्पलाई विभिन्न आरोप लगाउँदै आएका छन् । एक अन्तर्वातामा ट्रम्पले सद्भाव भन्दा द्वन्द्व निम्त्यएको उनले बताएका थिए । ट्रम्पको काम गर्ने शैलीको पनि उनले विरोध गरेका छन् । 
 
९. ड्यालियोको कम्पनी १००% पारदर्शी छ । कार्यालयका मिटिङ तथा अन्य छलफलका कुरा क्यामेरामा रेकर्ड गरिन्छ । आफ्ना कर्मचारीहरुले चाहेको बेलामा त्यो रेकर्ड भएको भिडियो हेर्न सक्नेछन् । 
 
१०. उनको ३ वटा घर र ३ वटा याच (लग्जरी पानीजाहाज) छन् । यद्दपि, ड्यालियो साधारण जीवन जीउन रुचाउँछन् । उनको सबैभन्दा महँगो घर नै जम्मा ६० लाख डलरको छ । घर भन्दा याचमा बढी खर्च गर्छन् । तीन वटा याचको मूल्य करिब २७ करोड डलर पर्छ ।
 
११. रे ड्यालियोका लागि बैठक भनेको समयको बरबादी मात्रै हो । 
 
१२. उनले जेम्स क्यामरुनको ओसियन प्रोजेक्टलाई सहयोग गर्छन् । यो प्रोजेक्टले समुद्रको गहिरो मापन गर्ने काम गर्छ । 
 
१३. कम्पनीको भविष्यको कार्ययोजना बनाएर गत वर्ष ड्यालियोले सीइओ पद त्यागेका हुन् । 
 
१४. ड्यालियोको अनुभवमा पैसाले खुशी दिन सक्दैन ।  
 
(एजेन्सीहरुको सहयोगमा दिपक शर्माले तयार पारेको सामाग्री)   
 

Post Your Comment