Market Closed

नेपालको आर्थिक विकासमा निरन्तर सघाउन अमेरिका तयार

07 Nov,2019
  • fm_khatiaa_11_7_2019_8_46_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : अन्तर्राष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआइडी) ले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडासँग भएको भेटमा युएसएआइडीको एसिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

उनले प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका निम्ति नेपालको विकासका अन्य साझेदारसँगको सहकार्यमा अमेरिकाले सदैव सघाउने प्रतिबद्धता पनि व्यक्त गरिन् । भेटका क्रममा मन्त्री खतिवडाले पनि नेपालको विकास प्रयासमा दशकौं अघिदेखि अमेरिकाले सहयोग गर्दै आएका र  आगामी दिनमा पनि निरन्तरता भइरहनेमा आफू आशावादी भएको बताए ।

अमेरिकी सहयोगको सराहना गर्दै सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई सुदृढ तुल्याउन पारदर्शिता र जवाफदेहितामा नेपाल सरकार सदैव केन्द्रित रहेको मन्त्री खतिवडाले स्पस्ट पारे । भेटमा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले नेपालको विकास प्रयासमा अमेरिकी साझेदारी अझ वृद्धि गर्न आफू क्रियाशील रहेको बताएका थिए । 
 
 
 
 

Post Your Comment