Market Closed

आफ्नै घरमा आगो लगाएर क्षतिपूर्ति दाबी गर्नेलाई कडा कारवाही गर्न अर्थमन्त्रीको निर्देशन

08 Nov,2019
  • khatiwada_11_8_2019_12_32_42.jpg
रासस
 
काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले दाबी भुक्तानीमा विलम्ब नगर्न बिमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल पुनर्बिमा कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले नष्ट भएको धनमालको क्षतिपूर्तिको दाबी भुक्तानीमा ढिलासुस्ती नगर्न भनेका हुन् ।

उनले क्षतिको मूल्यांकन यकिन गर्न लाग्ने समयका बारेमा बिमितलाई जानकारी दिन र निर्धारित समयभित्रै क्षतिपूर्ति बापतको रकम दिन अनुरोध गर्दै उनले बिमा रकमका निम्ति दुर्घटनाको फर्जी कागतपत्र बनाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । 
 
“आफ्नै घरमा आगो लगाएर कृत्रिम क्षतिको बिमा दाबी गर्नेहरू विरुद्ध कडा रूपमा प्रस्तुत हुनुहोस्” झूठा दाबी गर्नेहरू नैतिकरूपमा नै पतीत भएको भन्दै उनले वास्तविक पीडित भने बिमाको सुविधाबाट वञ्चित हुन नहुने बताए । उनले स्वार्थको द्वन्द्व हुने गरी व्यवसाय नगर्न पनि सबैलाई आग्रह गरे । 

Post Your Comment