Market Closed

कोरियाली कम्पनीले मेक्सिकोमा १७ करोड ४० लाख डलरको एटिएम मेसिन उपलब्ध गराउने

08 Nov,2019
  • atm_11_8_2019_12_52_53.jpg
रासस
 
काठमाडौं : दक्षिण कोरियास्थित सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्युसोङ ग्रुपले मेक्सिकोको एक परियोजनाका लागि ८ हजार थान एटिएम मेसिन आपूर्ति गर्ने भएको छ । ग्रुपको एटिएम उत्पादन इकाई ह्युसोङ टिएनएस इन्कले मेक्सिकोको ग्रामीण एटिएम परियोजना अन्तर्गत सन् २०२० को अन्त्यसम्ममा करिब १७ करोड ४० लाख अमेरिकी डलर बराबरका ८ हजार थान एटिएम बिक्री गर्ने भएको हो । 
 
नयाँ सम्झौता लगत्तै ह्युसोङ टिएनएसको कम्पनीको सेयर मूल्यमा १५ प्रतिशत वृद्धि भएको छ । आर्थिक हिसाबले जोखिममा रहेका मानिसलाई कल्याणकारी कार्ड मार्फत सरकारी सेवा उपलब्ध गराउन यस परियोजनाले मद्दत गर्नेछ । मेक्सिकोका झण्डै २ करोड मानिस सरकारी सहयोग कार्यक्रममा आबद्ध छन् ।

तर पनि वित्तीय सेवामा पूर्वाधार कमीका कारण उनीहरुलाई समयमै नगद प्राप्त गर्न कठिनाई हुने गरेको छ । यसैबीच, ह्युसोङका अध्यक्ष चो ह्यून–जूनले मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरलाई बुधबार भेट गरेको कम्पनीले जनाएको छ । त्यस अवसरमा मेक्सिकोको ऊर्जा पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रमा उपलब्ध अवसरका बारेमा छलफल भएको थियो ।
 

Post Your Comment